गुल्मीको चन्द्रकोटमा मृत भेटिएकी किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि
घटनामा संलग्न आरोपमा एक युवक पक्राउ

बुटवल- गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खाेलामा मृत अवस्थामा किशोरीकाे शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशाेर प्रधानले चन्द्रकाेटमा एक किशोरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार जससम्बन्धी अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरिएकाे छ ।
घटनामा संलग्न भएको आराेपमा बाँकेको खजुरा गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी प्रमुख प्रधानले जानकारी दिए । उनले पक्राउ गरिएका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।
बलात्कारपछि हत्या भएकी किशोरीकाे स्थायी घर बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ हाे । उनी आमासँग काेठा भाडामा लिएर गुल्मीको चन्द्रकाेट बस्दै आएकी थिइन् । उनको शव स्थानीय हुग्दी खाेलामा नग्न अवस्थामा फेला परेको थियो ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया