भूकम्प प्रभावित क्षेत्रमा मधेश सरकारले ६० लाखको खाद्य सामग्री पठाउने

जनकपुरधाम- मधेश प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरूप ६० लाख मूल्य बराबरको खाद्यान्न सामग्री पठाउने भएको छ ।
मधेश प्रदेशको विपद व्यवस्थापन समितिको बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेकाे हाे ।
भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरूप चामल, दाल, नुनलगायतका खाद्यान्न सामग्री पठाउने निर्णय गरिएको मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिएका छन् । उनले खाद्यान्न सामग्री पठाउने निर्णय विपद व्यवस्थापन समितिबाट गरेसंगै सोका लागि अर्थ मन्त्रालयबाट रकम माग गर्ने निर्णय गरिएको बताए ।
मन्त्री समिमले विपद व्यवस्थापन समितिबाट गरिएको निर्णय मन्त्रिपरिषद बैठकबाट समेत सदर गरी चाँडै नै खाद्य सामग्री मधेश सरकारले नेपाल सरकारको गृह मन्त्रालयमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाउने बताए ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया