सम्मानार्थ नागरिक ‘पुतली बाजे’ को अन्त्येष्टि

पोखरा- नेपालमा सम्मानार्थ नागरिकता थोरैले प्राप्त गरेका छन् । स्वीट्जरल्याण्डका टोनी हेगन, न्युजिल्याण्डका एडमण्ड हिलारीपछि सन् २०१९ मा बेलायती नागरिक कोलिन फिलिप स्मिथ र २०२० मा दक्षिण कोरियाका उम हङ गिलले नेपालबाट सम्मानार्थ नागरिकता प्राप्त गरेका छन् ।
नेपालका ४ सम्मानार्थ नागरिकमध्ये एक बेलायती नागरिक कोलिन फिलिप स्मिथको शनिबार बिहान उपचारका क्रममा निधन भएकाे छ । ८७ वर्षका स्मिथ नेपालमा ‘पुतली बाजे’ नामबाट परिचित थिए । उनी पछिल्लो दुई वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरबाट ग्रसित थिए । उपचारका क्रममा निधन भएका सम्मानार्थ नागरिक स्मिथको सोमबार पोखरास्थित गाइघाटमा क्रिश्चियन परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
स्मिथकै चाहना अनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कारपूर्व ‘पुतली बाजे’ को पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस पोखराको पुतली संग्रहालयमा राखिएको थियो । जहाँ स्मिथले ४० बढी जिल्लामा पुगेर संकलन गरेको २५ हजार पुतली संग्रहित छन् । २०२३ मा खुलेको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम अहिले पुतली संग्रहालयको रूपमा चिनिन्छ । उनले नेपालमा पाइने ६ सय ४० प्रजाति बढीका पुतलीबारे खोज अनुसन्धान गरेका थिए । सोही कारण उनलाई नेपालमा सबैले पुतली बाजे भनेर चिन्थे ।
सोमबार पोखरा महानगरपालिकाले उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम बिदाई गरेको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको शैक्षिक विकासमा स्मिथको योगदानको चर्चा गरे । देश छाडेर पोखरालाई रोज्दै पोखरामै मर्न पाउ भनेर स्मिथले आकांक्षा राखेको उनले सुनाए ।
उनका सहकर्मी शिक्षाविद् जर्ज जोनले स्वं. स्मिथले नेपाललाई धेरै कुरा दिएको बताए । उनले सिकाएको पाठबाट धेरै विषय सिक्नुपर्ने उनको भनाइ थियो । ‘उहाँले केही पाउनुभएको छैन, दिनुमात्रै भयो,’ उनले भने, ‘नेपालमै ५८ वर्ष बिताउनुभयो । उहाँले केही पाउनुभएन । उहाँले आफ्नो जीवनबाट केही पाठ सिकाउनुभएको छ ।’
पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनले पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्यापन गराएका थिए । गोरखामा उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै डा. उपेन्द्र देवकोटालाई समेत अध्यापन गराएका थिए ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_Pidfw26V0A_9ti5xu2hhiyxaa1hlkj6lhnasjdjythshohewzvk31hqru5shvekuwimngkq.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_UCythP7w3D_ilzk4dhag2tthz9c3wpbafp8jy9hdcbfofuucrvkg8ghn777pxwxh2jwcrnl.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया