शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत

काठमाडौँ- नेपालको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५ औँ स्थानमा यथावत रहेको हो ।

नेपाल भन्दा अगाडी स्कटल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्ड्स रहेका छन् । वरीयताको शीर्ष तीन स्थानमा भारत, अस्ट्रेलिया र दक्षिण अफ्रिका रहेका छन् ।