मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, अब पुस १६ देखि १९ सम्म

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । ​मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

बैठक पुसको १६ बाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए । उनले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भने पनि चाडपर्वका कारण पुनः सार्नुपरेको बतए । उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए ।

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए ।