धनगढीमा हुन थाल्यो रगत अभाव, रक्तदानका कार्यक्रम गर्न सुझाव

कैलाली- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीले चाडबाडका बेला नियमित तालिका अनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।
रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले दसैँतिहार जस्ता ठूला पर्वहरूमा रक्तदानका कार्यक्रमहरू नियमित नहुँदा रगत अभाव हुने गरेको बताए ।
विगतका वर्षहरूमा समेत दसैँतिहार जस्ता चाडपर्वका बेला मानिसहरू आआफ्नो थातथलो तिर पर्व मनाउन जाने हुँदा रक्तदानका कार्यक्रम नियमित नहुने गरेको बताउँदै प्रमुख पन्तले यस्ता बेला रक्तदाताहरू समेत पाउन निकै मुस्किल हुने गरेको बताए ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रले स्वयंसेवी रक्तदाता र सुरक्षाकर्मीको भरमा बिरामीलाई रगत उपलब्ध गराउँदै आएको प्रमुख पन्तले बताए ।
रगत चाहिने बिरामीका आफन्तहरूलाई रक्तदाता खोज्न लगाउने गरेको बताउँदै प्रमुख पन्तले दैनिक ५० देखि ६० युनिट रगत आवश्यक पर्ने बताए ।
प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि रेफर भएर आउने भएकाले धनगढीमा रगतको माग उच्च हुने गरेको प्रमुख पन्तले बताए ।
रगत अभाव हुन थालेपछि स्वयंसेवी रक्तदातालाई गुहार्नुको विकल्प नहरेको प्रमुख पन्तले बताए ।

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

मिथुनलाई प्रेममा सफलता मिल्ने, तुलाको इच्छा शक्ति बढ्ने

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

प्रतिक्रिया