गण्डकीका कांग्रेस सांसदद्वारा भूकम्प पीडितलाई १५ दिनको तलब सहयोग

पोखरा- गण्डकी प्रदेशको नेपाली कांग्रेसका सांसदहरूले जाजरकोट भूकम्प पीडितका लागि १५ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरेको दलका सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत् जानकारी दिए ।
बैठकले कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूको १५ दिन बराबरको तलब रकम भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनका लागि सरकारसँग अनुरोधसमेत गरेको छ ।
यसअघि गत १९ कात्तिकमा गण्डकी प्रदेशसभाका नेकपा (एमाले) का सांसदहरूले १ हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_ngJIeKjrqi_y71o2i8w4ddvsioks1ba9w83ahnrecvfqaozbe0a2uqkitg433ipdxovlgga.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया