एकदिवसीय वरीयताः अस्ट्रेलियन कप्तान कमिन्सलाई सन्दीपले पछाडी पारे

काठमाडौँ- आईसीसीको एकदिवसीय वरीयतामा सन्दीप लामिछानेले अस्ट्रेलियन कप्तान तथा बलर प्याट कमिन्सलाई पछि पारेका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा बलिङतर्फ सन्दीपले कमिन्सलाई पछि पारेका हुन् । नयाँ वरीयताअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप ३२ औँ स्थानमा रहेका छन् । कमिन्स भने ३३ औँ स्थानमा रहेका छन् ।
बलिङतर्फ नै नेपालका दिपेन्द्र सिंह ऐरी ६७ औँ, करण केसी ८२ औँ, सोमपाल कामी ८८ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा छन् ।
बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा अस्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा छन् ।
ब्याटिङतर्फ भने नेपालका आशिफ शेख ७२ औँ, कप्तान रोहित पौडेल ८३ औँ तथा कुशल भुर्तेल ९८ औँ स्थानमा छन् ।
ब्याटिङतर्फ नै भारतका शुवमन गिल, पाकिस्तानका बाबर आजम तथा दक्षिण अफ्रिकाका क्विन्टन डी कक शीर्ष तीनमा छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया