आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

विराटनगर इन्टरनेशनल कलेजकाे दीक्षान्त समाराेह सम्पन्न

विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

नोभेम्बर ८ मा सम्पन्न भएकाे उक्त दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेज्मेन्ट विषयमा दीक्षित भएका हुन् ।

समाराेहका अवसरमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूको उपलब्धिहरूको प्रशंसा गर्दै उनीहरूलाई आफ्नो ज्ञान राम्ररी प्रयोग गर्न आग्रह गरे ।

उनले भने, 'विश्वमा प्रवेश गर्दा विराटनगर इन्टरनेशनल कलेजको प्रतिनिधित्व गर्ने कुरालाई ध्यानमा राख्नुहोस् । आफ्नो शिक्षामा गर्व गर्नुहोस् र यसलाई मानिसहरूको जीवनमा सुधार गर्न प्रयोग गर्नुहोस् ।'

समारोहमा, विराटनगर इन्टरनेशनल कलेजको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोंप्लेले उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने कलेजको अटल प्रतिबद्धताको प्रशंसा गरे ।

साथै, मोंप्लेले उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट उपलब्धिहरूको कदर गर्दै बधाई समेत दिए ।