‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरमा क्लोजअप नेपाल

काठमाडौँ – विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरू बनाउँदै, युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धता जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल सेन्सरसिपको घोषणा गरेको छ ।
काठमाडौँकाे बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा यही नोभेम्बर २५मा हुन गइरहेको उक्त कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सन्सले गरिरहेको छ ।
यस कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ ।
पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ #NajikAau (नजिक आउ) डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो ।
आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो । यो सेन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो ।
यस कार्यक्रमको टाईटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु हो ।
यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकहरू प्रति क्लोजअप नेपाल आभारी व्यक्त गरेको छ ।

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

प्रतिक्रिया