जाजरकोट भूकम्प : महिला र बालबालिका बढी जोखिममा

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–६ की १९ वर्षीया जमुना बुढा मगर भूकम्पले घर भत्किँदा घाइते भइन् । उनलाई उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट बिहान नेपालगन्जको भेरी अस्पताल पुर्याइयो । अस्पतालमा उनले आठ महिनाको मृत बच्चालाई जन्म दिइन् । पहिलो सन्तान गुमाउनु मात्र होइन पति पनि गुमाउनुपर्दा अझ समस्यामा छिन् उनी ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ की ३४ वर्षीया बिना केसी पनि गर्भवती छिन् । यस बेला उनले आराम गर्नुपर्ने र पोषिलो खाना पाउनुपर्ने हो । तर, चिसो भुईँमा त्रिपालभित्र कष्टकर गुजारा गर्दै आएकी छन् ।
गर्भवती मात्र होइन दूधे बच्चा र आमाहरू पनि याे समय समस्यामा छन् । पोषिलो खानाको अभावमा बच्चाका लागि राम्रोसँग दूध नआएको सोही गाउँकी मनिसा खत्री बताउँछिन् । ‘चिसोले गर्दा बच्चालाई खोकी लागिरहन्छ, शरीर सुन्निन्छ,' उनले भनिन्, ‘आफूलाई त जसोतसो भइहाल्थ्यो बच्चालाई बचाउनै समस्या छ ।’
गएको शुक्रबार मध्यराति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुमका नागरिकहरू मारमा परेका छन् । प्रभावित जिल्लाका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरू यति बेला कष्टकर जीवन बिताइरहेका छन् ।
जाजरकोटका भूकम्प पीडितमध्ये महिला र बालबालिका बढी जोखिममा रहेकाे देखिएकाे छ । जसमा गर्भवती तथा सुत्केरी महिलाहरूलाई अझ बढी समस्या परेकाे छ । चिसोयामसँगै त्रिपालमुनि कष्टकर रात काट्न बाध्य छन् उनीहरू ।
यी दुई जिल्लामा भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै छ । एक सय ५३ मृतकमध्ये ७८ जना मात्र बालबालिका छन् । प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ५६ महिला र ४५ पुरुष, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Mo9b2gpp0R_zg0awavhbp5cclj5lkqlu7x31hwzp1vsj7sdyzf6y0en6zx5y5p3iyqmv6zj.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया