'हन्टर टिकटक च्यालेन्ज २०२३' का विजयीहरूलाई नगद हस्तान्तरण

काठमाडौँ- रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिद्वारा आयाेजित 'हन्टर टिकटक च्यालेन्ज २०२३' का विजयीहरूलाई नगर पुरस्कार हस्तान्तरण गरिएकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गर्दै प्रालिले उक्त घाेषित नगर रकम विजयीहरूलाई हस्तान्तरण गरेकाे हाे ।
रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५०सिसिलाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडियामार्फत् आकर्षित गर्न अल्फा अटोमोटिभले मिति ०६/०६/२०८० देखि ३०/०६/२०८० सम्म 'हन्टर टिकटक च्यालेन्ज २०२३' काे सन्चालन गरेको थियो । जहाँ प्रतियोगीहरूले नियमपूर्वक सहभागिता जनाएका थिए । मिति १९/०६/२०८० मा Tiktok र facebook live मार्फत् नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद हस्तान्तरण गरेकाे अल्फा अटोमोटिभले जनाएकाे छ ।
च्यालेनजको नियम अनुरूप तीन जनालाई विजेता घोषणा गरिएको थियाे । जसमध्ये पोखराका पदम लामा (@journey_continues) लाई प्रथम पुरस्कार बापत १ लाख नगद दिइएकाे छ । भने, पोखराकै स्मिता घिमिरे (@esmeetaghimire0611) लाई दोस्रो पुरस्कार बापत ६० हजार नगद दिइएकाे छ । र, तेश्रो पुरस्कार बापत ४० हजार नगद हेटौंडाका रजक शाही (@raajak_shahi) ले प्राप्त गरेका छन् ।
सम्पूर्ण विजेताहरूलाई रोयल इनफिल्डको नक्शालस्थित शोरुममा सम्पूर्ण मिडियाकर्मीको उपस्थितिमा कार्तिक २३ गते कम्पनीका निर्देशक मेघराज पोडेलले चेक हस्तान्तरण गरेका थिए ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया