पोखरा महानगरले तोक्यो फूलको मूल्य

पोखरा- पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । महानगरपालिकाले तीन ग्रेडमा राखेर स्थानीय सयपत्री फूलको मूल्य तोकेको हो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य निर्धारण गरेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।
महानगरले तीन ग्रेडमा फूलको मूल्य निर्धारण गर्दै ५ देखि २० ग्राम सयपत्रीको फूलको मूल्य तोकेको हो । महानगरले १५ देखि २० ग्राम फूलको थुंगालाई ए ग्रेडमा राखेको छ । यसमा प्रतिथुंगा ५ रुपैयाँ र मालाको २ सय रुपैयाँ मूल्य तोकेको छ ।
१० देखि १५ ग्रामको थुंगालाई बी ग्रेडमा राखेर ४ रुपैयाँ मूल्य तोकेको छ । भने, यसको मालालाई १ सय ८० मूल्य निर्धारण गरेको छ । सी ग्रेडको ५ देखि १० ग्रामसम्मको थुंगालाई २ रुपैयाँ र मालाको १ सय ५० रुपैयाँ पर्छ । सबै ग्रेडको फूल किलोका दरले लिन चाहेमा प्रतिकेजी चार सय मूल्य तोकेको छ ।
पोखरा महानगरपालिकाले पोखरामा सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएको छ भने बजारमा प्लास्टिकको फूलमाला बिक्री वितरण गर्न समेत प्रतिबन्ध लगाइएको छ ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया