ओली पक्षका सांसद बोहराले स्पष्टीकरण नदिएपछि शाहले पठाए नसिहत पत्र

धनगढी : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहका प्रदेश सासंद पठानसिंह बोहराले संसदीय दलले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने समय सकिएको छ । १६ गते साँझ ५ बजेसम्म स्पष्टीकरणको जवाफ पेश गर्न भनिएकोमा उनले जवाफ बुझाएनन् ।
प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सासंद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई स्पष्टीकरण सोधेका थिए । ‘१२ गते धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयंको उपस्थितिमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको थियो । बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् ।
माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी कमिटी र प्रदेश समितिको निर्णयविपरीत सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थत यथावत राख्ने निर्णय गरेको थियो । दलको बैठकमा ओली पक्षका सासंद बोहरा पनि सहभागी थिए ।
उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए । यता ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्काशन गरेको दाबी गर्दै आएको छ ।
प्रदेश समितिले एमालेको तर्फबाट मन्त्री भएका थप ६ जना, प्रदेश सचेतकलाई पनि स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण पेश नगरेपछि साधारण सदस्यबाट हटाउन सिफारिस गरेको प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए । एमालेको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री माधव नेपाल समूहका हुन् ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया