सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरेको छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका हुन् ।
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निशुल्क गर्न प्रयास गरिरहेको बताएका हुन् ।
त्यस्तै उनले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे । स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोहि बिरामी गरिब विपन्न भएका कारण उपचार गर्नबाट वञ्चित हुन नपर्ने गरि मन्त्रालयले उचित व्यवस्था गरेको उनले बताए ।
उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राखे ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया