मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने रास्वपाको निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

‘गत मंसिर ४ गते जनमत दिइ विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ,’ पार्टी प्रवक्ता मुकुल ढकालले भने ।