संविधानको पूर्ण रूपले कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ : सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको पूर्ण रूपले कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।
लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले अहिले संविधान पूर्ण रूपले कार्यान्वयन नहुँदै यसका विषयमा नकारात्मक टिप्पणी हुनु गलत भएको भन्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी काम गरे संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति नकारात्मक टिप्पणी नहुने बताए ।
नेता सिंहले संविधान सभाबाट जारी संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको भन्दै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने जिकिर गरे । असंवैधानिक रूपमा संसद् विघटन गरिएको र कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको दाबी समेत गरे ।
जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमान सिंह सदैव लडेको स्मरण गर्दै कसैबाट पनि जनअधिकार कुण्ठित गर्ने कुरा स्वीकार्य नहुने भएकाले प्राप्त अधिकार रक्षार्थ सबै एकजुट भएर अघि बढ्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया