लिटिल फ्लावर प्रिमियर लिग २०८० मंसिर ९ बाट सुरु हुने

कैलाली- आठौं संस्करणको लिटिल फ्लावर प्रिमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस् क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । मङ्सिर ९ गतेबाट सुरु हुने प्रतियोगिता मङ्सिर २३ गते सम्पन्न हुने छ । प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र दिइने लिटिल फ्लावर स्पोर्टस् क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही सात हजार ५ सय पाउने बताए । उनले उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने उल्लेख गरे ।
प्रतियोगितामा काठमाडौँ, दाङ, रौतहट, कैलाली र कञ्चनपुरबाट १६ वटा टिम सहभागी हुने बताउँदै अध्यक्ष शाहीले प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने जानकारी दिए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया