नेपाली फूलको प्रवर्द्धनका लागि महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोक्यो
तिहारमा साँझ ८ देखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान पर्व तिहारलाई भव्य तथा सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ देखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।
शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने पनि उल्लेख गरे ।
उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने जिकिर गरे । उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरूका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको बताए ।
प्रमुख पाण्डेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले पहल र व्यवस्थित रूपमा अघि बढ्न आवश्यक रहेको पनि उल्लेख गरे

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया