कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वयले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने लगायतका ११ बुँदे सुझावसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।
जाजरकोटबाट फर्के लगत्तै शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चिसो बढ्दै गएको अवस्थामा त्यहाँको जनजीवन थप कष्टकर हुन सक्ने भन्दै तिहारको बीचमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न आग्रहसहितको ध्यानाकर्षण बुझाएका हुन् ।
अस्थायी आवास युद्ध स्तरमा निर्माण गर्न सरकारले तुरुन्त प्रत्येक प्रभावित परिवारलाई न्यूनतम ४० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गर्न र तिहार लगत्तै सम्बन्धित परिवारको हातमा पुग्ने बन्दोबस्त मिलाउन आग्रह गरिएको महामन्त्री थापाले जानकारी दिए । त्यस्तै सरकारको अभियानमा पीडित र सरकारको साथमा रहेको र पहिलो चरणमा १ हजार अस्थायी आवास स्वयंसेवी दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने जानकारी गराएको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया