'भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ'

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठनले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्प पीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनर्स्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । उनले भविष्यमा हुने विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्व तयारी गर्नुपर्ने धारणा राखे ।
त्यस्तै खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे । जनताले फ्याकेका एजेण्डाहरू ताजा बन्न नसक्ने भन्दै उनले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए ।
उनले अहिले देशलाई हाक्नले शक्तिहरूले मुलुकको ज्वलन्त समस्याहरू समाधानका लागि गम्भीर हुनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया