कर्मचारीहरूकै कारण प्रदेशको स्वास्थ्य अवस्था खस्किँदै गयाे : प्रदेश मन्त्री सिंह

जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रप्रसाद सिंहले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूकै कारण प्रदेशको स्वास्थ्य अवस्था खस्किँदै गएको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री सिंहले मधेश प्रदेशका स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरू जिम्मेवारी र दायित्वबाट पच्छिने गरेका कारण यहाँको स्वास्थ्य अवस्था खस्किँदै गएको बताएका हुन् । यस्ता कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य निर्देशनालयलाई उनले निर्देशन समेत दिए ।
उनले भने, 'प्रदेशका स्वास्थ्य संस्थाहरूमा आर्थिक, जनशक्ति, भौतिक पूर्वाधार लगायतका चुनौती रहे पनि मुख्यतः स्वास्थ्यकर्मीहरू इमान्दार भई नदिएको कारण चाहेर पनि स्वास्थ्य संस्थाहरूमा आवश्यक सुधार गर्न नसकिएको हो ।' स्वास्थ्य क्षेत्र पछाडि पर्नुको मुख्य कारण कर्मचारीहरू आ-आफ्नो जिम्मेवारीबाट पछि हटेको देखिएकाले त्यस्ता कर्मचारीको लिस्ट उपलब्ध गराउन निर्देशन दिँदै तत्काल कारबाही गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रदेश मन्त्री सिंहले मधेशको समग्र क्षेत्रमा बेथिति रहेको भन्दै आफूहरूकै कारणले मधेश पिछडिनुमा करिब ६० प्रतिशत कर्मचारीहरू नै दोषी रहेको बताए । 'स्वास्थ्य क्षेत्रमा समेत हाजिरी बनाएर घरमै बसेर तलब खाने प्रवृत्ति मौलाएकाले आफ्नो पेसाप्रति कर्मचारीहरू इमान्दार जबसम्म हुँदैन तबसम्म स्वस्थ र समृद्धि प्रदेशको परिकल्पना गर्न सकिँदैन,' उनले भने ।
उनले थप्दै अगाडि भने, 'अबदेखि मन्त्रालयले पनि राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जिम्मेवारीबाट पछि हट्नेलाई कारबाहीको व्यवस्था गर्नेछौं ।'

करेन्ट लागेर महिलाको मृत्यु

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

प्रतिक्रिया