सरकारले किन्न थाल्यो किसानको धान, प्रतिक्विन्टल ३१९८ रुपैयाँ

कैलाली- कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो ।
धनगढी उपमहानगरपालिका-१३ मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्जिला बस्नेतले बताइन् । उनले कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको बताइन् ।
कम्पनीले गत वर्ष मङ्सिर १८ गतेबाट धान खरिदको कार्य थालेको थियो । किसानले जिविका चलाउनका लागि व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गरेर सकेपछि बल्ल सरकारले धान खरिदको कार्य सुरु गर्ने गरेको गुनासो हरेक वर्ष सुनिँदै आएको छ । किसानको गुनासोलाई सम्बोधन गर्नका लागि कम्पनीले यो वर्ष विगतको तुलनामा एक महिना अघिबाट धान खरिद गर्न थालेको हो ।
यस वर्ष कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँमा खरिद गरिरहेको छ । सुदूरपश्चिमका लागि यस वर्ष धान खरिदको कोटा ६० हजार क्विन्टल रहेको बस्नेतले बताइन् ।
गत वर्ष ४० हजार क्विन्टल धान खरिद कोटा रहेकोमा कम्पनीले ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो । यो वर्ष चाँडै धान खरिद सुरू गरिएकाले कोटा अनुसारको धान खरिद गर्न सकिने बताउँदै प्रमुख बस्नेतले कम्पनीले सिजनमा धान खरिद गरेर आवश्यक परेको बेला सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशमा समेत खाद्यान्न आपूर्ति गर्दै आएको बताइन् ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया