धनगढीमा फूल बिक्री केन्द्र स्थापना, नबिकेको किसानको फूल केन्द्रले किन्ने

कैलाली- धनगढी उपमहानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि धनगढीका किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् ।
फूल, माला र सजावटका लागि बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिका अगाडि र भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।
बिक्री केन्द्रबाट बिहानैदेखि फूल किन्नेहरू आउन थालेको स्टलमा रहेकी बिक्रीकर्ता किसान सुशिला बिष्टले बताइन् । आइतवार बिहान दुवै बिक्री केन्द्रको धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेकी थिइन् ।
उपप्रमुख रानाले धनगढीमा उत्पादन भएर बढी भएको फूल बिक्री केन्द्रले गर्ने जानकारी दिइन् । उनले स्थानीय फूल र माला खरिद गरेर किसानलाई प्रोत्साहन गर्न आग्रह गरिन् ।
बिक्री केन्द्रमा ताजा फूल र माला बिक्रीका लागि राखिएका छन् । यहाँ प्रतिमाला फूल एक सय र फूल एक किलोको चार सय रुपैँया मूल्य किसानले तोकेका छन् ।
धनगढी उपमहानगरपालिकाको तालिमलगायतका अन्य कुरामा सहयोग पाएपछि विगतका वर्षभन्दा यस वर्ष धनगढीमा फूल खेती गर्ने किसानहरूको संख्या बढेको छ । एक कट्ठादेखि डेढ बिघासम्म फूल खेती गरेका किसानहरू अहिले तिहारका लागि बिक्री गर्नमा व्यस्त छन् ।
धनगढी उपमहानगरपालिकाका अनुसार यस वर्ष मात्रै ८५ कठ्ठामा फूल खेती गरिएको छ । उपमहानगरपालिकाले आफैले पनि वडा नम्बर ६ मा १५ कठ्ठा जमिनमा प्रर्दशनका लागि हाइव्रिड जातको फूल खेती गरिएको छ । उक्त जमिनमा २० टन फूल उत्पादन हुने लक्ष्य उपमहानगरपालिकाले राखेको छ ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया