जीपको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु

कैलाली- कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा जीपले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार साँझ पौने आठ बजेतिर म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डांगीका अनुसार धनगढी-कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई जिपले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने जिप र चालक बेलौरी प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी डांगीले बताए ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया