ठाकुर समूहद्वारा यादवलाई पार्टीबाट निष्कासन

काठमाडौँ : जनता समाजवादी पार्टीमा कारबाहीको होडबाजी चलेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको केहीबेरमै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको हो । अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको महन्थ ठाकुरनिकटका कार्यकारिणी सदस्य केशव झाले इकागजलाई जानकारी दिए । ठाकुर समूहले यादवलाई निश्कासन गरेको पत्र निर्वाचन आयोगमा दरता गरिसकेको छ ।
भट्टराई–यादव समूहले आज कार्यकारिणी बैठक बोलाएर ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाएको हो । भट्टराई-यादव समूहले चारै नेतालाई पार्टीबाट हटाइएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ । कार्यकारिणी समितिमा भट्टराई-यादव समूहको बहुमत छ । जसपाभित्र केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद छ ।

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया