प्रदेश २ सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने

जनकपुरधाम: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याउने बजेटको आकार घट्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षभन्दा पनि कम हुने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए । संघीय सरकारबाट गत वर्षभन्दा कम वित्तीय हस्तान्तरण भएको र कोभिड १९ महामारीका कारण राजस्व पनि कमै उठ्ने सम्भावना भएको हुनाले बजेटको आकार घटाउनु परेको उनको भनाइ छ ।
'संघले चालु आर्थिक वर्षभन्दा कम १३ अर्ब ९० करोड मात्रै वित्तीय हस्तान्तरण गरेको छ,' उनले भने, 'कोभिड-१९ नियन्त्रणका लागि जारी निषेधाज्ञाले राजश्वको प्रमुख श्रोत मालपोत कार्यालय र यातायात कार्यालय समेत बन्द रहेको हुनाले अनुमानित राजश्व उठन सम्भावना छैन । आयश्रोत नै नभएपछि बजेट फराकिलो कहाँबाट ल्याउनु ।'
संघीय सरकारले सुरुदेखि नै प्रदेश २ सरकारलाई विभेद गर्दै आएको बताए । जनसंख्याको आधारमा बजेट विनियोन नगरी कम जनसंख्या भएका प्रदेशभन्दा प्रदेश २ मा कम वित्तीय हस्तान्तरण गरेको गुनासो गरे । उनले संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई राजश्व बाँडफाँडमा कम्तिमा १५ प्रतिशत राजश्व दिनुपर्नेमा हालसम्म ५ प्रतिशत राजश्व मात्र दिँदै आएको बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया