बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्‍ने तयारी

काठमाडौँ :  उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्‍ने तयारी भएको छ । मंगलरबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या नघटेकाले तत्कालै निषेधाज्ञा नखोल्न निर्देशन प्राप्त भएको पराजुलीले जानकारी दिए । उनका अनुसार खाद्यान्न पसल खुल्ने समय थप गरिन्छ र राष्ट्रिय गौरव आयोजनाका निर्माणस्थलमा काम गर्न अनुमति दिने तयारी भएको छ ।

निजी सवारीसाधनलाई जोरबिजोरका आधारमा सञ्चालनका लागि अनुमति नदिने उनको भनाइ छ । 'पूर्ण रुपमा कडाइ गरिन्छ, बिना पासका सवारीसाधन सञ्चालनमा कडाइ गरिन्छ,' पराजुली भन्छन् ।

कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गतेबाट पुनः निषेधाज्ञा थपेर २९ गतेसम्म र २९ गतेदेखि जेठ १३ गतेबाट २० गते बजेसम्म निषेधाज्ञा जारी भएको छ ।