हतियार प्रहारबाट युवक घाइते

बुटवल- बाँकेको कोहलपुरमा मध्यराति धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय कृष्ण भनिने मीनबहादुर विकमाथि धारिलो हतियार प्रहार गरिएको हो ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विकलाई नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
विकलाई अज्ञात व्यक्तिले टाउकोसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले घाइते विकलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्दै धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजीकार्य तीव्र पारेको जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया