छोरीलाई लक्ष्मीको रुपमा अपनाएको भिडियो बनाउनुहोस्, ५० हजार जित्नुहोस्

काठमाडौँ- तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान 'लक्ष्मी सनराइज उत्सव' सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।
अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने बैंकको लक्ष्य रहेको जनाएको छ ।
यस अभियानअन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरूले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियोमार्फत उजागर गर्न आग्रह गरेको छ ।
यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरूमध्ये उत्कृष्ट तीन भिडियोलाई क्रमशः रु ५०,०००, ३०,००० र १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरूले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया