शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

महिला टि-२० सिरिज : नेपालले दियो हङकङलाई ५७ रनको लक्ष्य

काठमाडौँ- चार देश सम्मिलित टि २० शृङ्खलाअन्तर्गत नेपालले जितका लागि हङकङलाई ५७ रनको लक्ष्य दिएको छ । बिहीबार हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो ।

नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।  

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।