टिकटकमाथिको प्रतिबन्ध खुलाउन सर्वोच्चमा ६ वटा रिट

काठमाडौँ- सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सामाजिक सञ्जालय टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको हालैको निर्णयलाई बदरको माग गरी सर्वोच्चमा रिट पेश गरेको जानकारी दिए ।
अहिलेसम्म सर्वोच्चमा ६ वटा रिट निवेदनहरू पेश भएको जनाएको छ ।
गत २७ गते कात्तिकको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि जनआक्रोश बढिरहेको बेला यो रिट परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नु परेको सरकारको तर्क छ ।
तर, सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया