उर्लाबारी आगलागी : घाइते ६ जनाको अवस्था गम्भीर

काठमाडौँ- मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सकहरूले यस्तो जानकारी गराएका हुन् ।
उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका डाक्टर निजिना ताम्राकारले बताइन् । जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने बताउँदै डाक्टर ताम्राकारले चिकित्सकहरू घाइतेहरूको उपचारमा लागिरहेको उल्लेख गरिन् ।
उनले भनिन, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौं । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’
घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको जानकारी गराए । उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने बताए । सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
मन्त्री लिम्बूले भने, ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुने गरी काम गर्नेछौं । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरूलाई निको पार्नेछौं ।’
गत कात्तिक २६ गते मोरङको उर्लाबारी-७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

प्रतिक्रिया