देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरूको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके पाल राष्ट्रलाई विदेशीहरूको क्रिडास्थल बनाउन सकिने मनसायले नेकपा एमालेमाथि प्रहार भइरहेको जिकिर गरे । उनले सत्तामा रहनेहरूको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरूको निशानामा र प्रतिगामीहरूको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गरे ।
उनले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे । उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताए ।
महासचिव पोखरेलले राष्ट्र निर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले सम्बद्ध युवा विद्यार्थी संगठनहरू जुर्मुराएको बताए । उनले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया