अस्थायी टहरा निर्माण र पुनःस्थापनाका लागि एमालेद्वारा स्वयंसेवक परिचालन

काठमाडौँ- जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनःस्थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ ।
भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामग्रीसहित शनिबार पार्टी कार्यालय च्यासलबाट बिदाई गरे ।
टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ । केन्द्रीय विपत व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले रुकुम पश्चिम र जाजरकोटका सबै स्थानमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिए । पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीहरूका स्वयंसेवकहरू ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उनले बताए ।
उनले भत्किएका भग्नावशेष हटाउने, मरेगलेका चौपाया हटाउने र पुनर्निर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गर्ने जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया