विश्वकप फाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौँ - आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुँदैछ ।
यस विश्वकपमा अपराजित रहदैं भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अष्ट्रेलियासँग नै पराजित भएको थियो ।
त्यसैगरी अष्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको हो । त्यस्तै अष्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।
अष्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अष्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अष्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।
२००३ र २०२३ विश्वकपका संयोग
सन् २००३ को विश्वकपमा अष्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अष्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो। त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो । अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११औं जित हासिल गर्दै उपाधि जित्नेमा छ ।
भारतले समूह चरणमा अष्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अष्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया