अस्थायी आवासका लागि माओवादी कर्णालीले तीन हजार बढी स्वयंसेवक खटाउने

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार बढी स्वयंसेवक खटाउने भएको छ ।
माओवादी केन्द्रले पार्टी भित्रका तीन हजार एक सय भोलिन्टियर खटाउने जनाएको छ । हिजो बसेको कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले अस्थायी आवास तथा पुनर्निर्माणको कामहरू गर्ने माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकहरू कर्णाली प्रदेशभित्रैबाट खटाइने केसीले जानकारी दिइन् ।
प्रत्येक जिल्लाहरूबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने जनाइएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया