ओलम्पिक : खेलाडी जापान आउने क्रम सुरू, अष्ट्रेलियाबाट आए पहिलो टिम

जापान : जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ । अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम मंगलबार नारिता विमानस्थलमा ओर्लेको छ । ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेले खबर छापेको छ ।
विमानस्थलमा जाँच गरिएको कोभिड-१९ परिक्षण नेगेटिभ आएपछि खेलाडी बस्ने ठाउँ ओता शहरमा पुगेका थिए । बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति कोभिडको खोप लगाएका हुनेछन् । साथै उनीहरूको हरेक दिन कोभिड संक्रमण परीक्षण गरिने पनि बताइएको छ । संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क रोक्न विदेशबाट आउने ओलम्पिक र पारालिम्पिकका टिमसहितका खेलाडी र व्यक्तिलाई तोकिएको बसोबास स्थलमा राखिनेछ । खेलाडीले टिमकै लागि तयार पारिएको सवारी साधनहरू मात्रै प्रयोग गर्न पाउनेछन् ।
यसअघि जापानले ओलम्पिकमा विदेशी दर्शहरूलाई आउन नदिने निर्णय भइसकेको छ । खेलाडीहरू बाहेक प्रतियोगितासँग सम्बन्धित ७८ हजार मानिसहरू यस अवसरमा जापान आउने अपेक्षा गरिएको छ । यीमध्ये ५९ हजार जना ओलम्पिक र १९ हजार जना पारालिम्पिकका लागि आउनेछन् । टोकियो ओलम्पिक र पारालिम्पिक जुलाईको अन्त्यदेखि अगष्टको शुरुसम्म हुँदैछ । गत वर्ष कोभिडका कारण प्रतियोगिता एक वर्षपछि सारिएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया