शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

काठमाडौं - माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीबार बसेको संचालक समितिको बैठकले  केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

केसी यसअघि पनि माछापुच्छ्रे बैंकको अध्यक्ष भएका थिए । उनी ०७४ वैशाख १४ देखि २०७५ पुस २० गतेसम्म अध्यक्ष थिए । 

निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गर्दै केसीलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।