दुर्गा प्रसाईं भन्छन् : प्रहरीले मलाई निवासमा नजरबन्दमा राख्याे

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् ।
शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन् । प्रहरी लगाएर राज्यले आफूलाई जहाँ लगेर थुने पनि आफ्नो नागरिकका लागि आफ्नो अभियान नरोकिने उनले बताए ।
प्रसाईंले आफ्नो अभियानलाई सफल बनाउन आह्वान समेत गरे ।
गणतन्त्रविरोधी अभियानलाई तीव्रता दिएपछि प्रशासनले प्रसाईंको निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया