दुर्गा प्रसाईंका समर्थकमाथि भएकाे धरपकडमा राप्रपा अध्यक्षको आपत्ति

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागीमाथि भएको प्रहरी धरपकडको विरोध भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज भइरहेका प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन् ।
‘शान्तिपूर्ण ढङ्गले हिँड्डुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरू अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्,’ अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन, सरकारले आफूलाई तत्काल सच्याओस् ।’
हिजो बिहीबारदेखि प्रसाईंले ‘व्यवस्था विरोधी’ आन्दोलनको सुरुवात गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया