देशभर दैनिक १२ सय र काठमाडौँ उपत्यकामा दैनिक ३५० युनिट रगत माग
आपत्कालीन अवस्थाका लागि रगत जम्मा गर्न नयाँ कार्यक्रमको आवश्यकता

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ । नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैलाउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रूपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताए । उनले रक्तदाताहरूलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताए । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैलाइएको बताए । उनले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैलाउने काम भएको बताए ।
रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहेका उनले चाडपर्वहरूमा रगत संकलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको जिकिर गरे । नेपालमा बसोवास गरिरहेका मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गरे । उनले रगत पाइँदैन भन्ने कुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि बताए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताए । उनले वार्षिक रूपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताए । काठमाडौँ उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रूपमा काठमाडौँमा १ लाख ३० हजार टनको आवश्यकता रहेको उल्लेख गरे । उनले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरूबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरूमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले देशमा चाहिने मात्राअनुसारको रक्तदाताको संख्यामा कमी रहेको बताए । युवा र महिलाहरूलाई यसबारे सचेत बनाउन सके रक्तदाताहरू बढ्ने उनको भनाइ छ । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भए पनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताए । उनले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरूको आपसी समन्वय आवश्यक रहेको पनि बताए ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया