'एनिमल'ले तोड्यो 'पठान' र 'जवान'को रेकर्ड

मुम्बई- हालै रणवीर कपूर, रश्मिका मन्दाना, अनिल कपुर र बबी देओल स्टारर फिल्म एनिमलको ट्रेलर रिलिज भएको थियो ।
जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो फिल्मलाई ब्लकबस्टर भन्न थालेका छन् ।
एनिमलको ट्रेलरले पठान, जवान र टाइगर ३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।
एनिमलको हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि एनिमलको ट्रेलरले छोडेको छ । तर, प्रभासको आदिपुरुषलाई हराउन भने असफल साबित भएका छन् ।
सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्ट अनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६.५ पटक हेरिएको थियो। दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर रहेको छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको एनिमलको ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा राधे श्याम ५७.५ मिलियनसहित छन् । पाँचौं नम्बरमा रहेको जवान प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।
आरआरआर छैटौं स्थानमा छ, जसले ५१.१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कर’ले ५०.९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा साहो छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित सर्कस नवौं र सम्राट पृथ्वीराजको ट्रेलर ४३.८ मिलियन भ्युसहित दशौं स्थानमा रहेको छ ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया