काठमाडौँमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन् : निधि

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्व उपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सार्वभौम जनताले बनाएको प्रणालीलाई कसैले उल्टाउने वा तोड्ने दुस्प्रयास गरे नेपाली जनताले कडा जवाफ दिने बताएका छन् । शनिबार जनकपुरधाममा वृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुस्प्रयास गर्नेलाई नेपाली जनताले दह्रिलो जवाफ दिने बताएका हुन् ।
उनले सार्वभौम जनताले पहिलो पटक बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे ।
‘संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कसैले बदल्न सक्दैन, कसैले उल्टाउन सक्दैन, कसैले तोड्न सक्दैन,’ निधिले भने, ‘प्रणालीमाथि खतरा आए त्यसको विरोधमा अगुवाइ लिन कांग्रेस सधैं तयार रहनेछ ।’
संविधान र संघीयताको विरोधमा भइरहेको आन्दोलनलाई उनले भ्रमको खेती भनेका छन् ।
दुई/चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरूले भ्रमको खेती गरिरहेको उनले बताए । ‘काठमाडौँमा दुई/चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरू, केही अवसरवादीहरू, केही लोकतन्त्रविरोधी तत्वहरूले वातावरण बिगार्ने भ्रमको खेती गरिरहेका छन्,’ निधिले भने ।
उनले संविधान र व्यवस्थामाथि प्रहार भए रक्षाका लागि कांग्रेस नेतृत्व लिन तयार रहेको बताए । ‘चटकेहरूबाट संविधान परिवर्तन हुने कुनै सम्भावना छैन । तथापि कुनै खतरा आए रक्षाका लागि अगुवाइ गर्न कांग्रेस तयार छ,’ निधिले भने ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले सरकार सञ्चालनमा केही कमीकमजोरी रहे पनि वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने उल्लेख गरे ।
‘गठबन्धनबारे थरी थरीका कुरा सुनिन्छन्, तपाईंहरू ढुक्क भएर बस्नुस् यो गठबन्धन पाँच वर्ष चल्छ, गठबन्धन टुट्दैन,’ उनले भने, ‘सहमतिअनुसार सरकारको नेतृत्व फेरिएला तर गठबन्धनमा केही हुँदैन ।’
निधिले गठबन्धनमा भएको सहमतिअनुसार सरकारको नेतृत्वकर्ता परिवर्तन हुने बताए । ‘सुरुमा माओवादी केन्द्र त्यसपछि एकीकृत समाजवादी र अन्त्यमा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा भएको सहमति यही हो र यसै हिसाबले गठबन्धन अगाडि बढ्छ,’ उनले भने ।
गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उनले सरकारको नेतृत्व फेरिँदैमा अस्थिरता निम्तिने भन्ने बुझाइ ठीक नरहेको जिकिर गरे ।
काठमाडौँमा नारा लगाएर प्रतिक्रियावादी तथ्यहरूले भ्रमको खेती गरिरहेका बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया