प्रचण्ड, ओली र गगनहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट त्रसित र आतंकित : कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट आतंकित भएको बताएका छन् । उनले प्रचण्ड, ओली र गगनहरूको राजाप्रतिको धम्कीपूर्ण बर्बराहटले राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरू त्रशित र आतंकित भएको बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै थापाले साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्न उनीहरुलाई आग्रह गरे । नत्र समयले निकै पछाडि छाड्ने उनको चेतावनी छ ।
उनले भने, 'उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह अन्यथा समयले उनीहरुलाई पछाडी छोडनेछ ।'
बिहीबार राजधानीमा व्यवसायी दुर्गा प्रसाईंले गरेको प्रदर्शन र शनिबार झापामा पूर्व राजालाई सहभागी गराएर कार्यक्रम गरेपछि नेताहरूले विभिन्न प्रतिक्रिया दिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया