सांसद पाण्डेले लिए शपथ

काठमाडाैं : नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनीयताको शपथ खाएका छन् । सोमबार संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पद तथा गोपनीयताको शपथपछि सभामुख सापकोटाले सांसद पाण्डेलाई सफल कार्यकालको शुभकामना दिए । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । पद तथा गोपनीयताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य पनि हुन् । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री राणा

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्वः राष्ट्रपति पौडेल

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

प्रतिक्रिया