पूर्व राजाप्रति बढेको जनलहरलाई खिशी र व्यङ्ग नगर्न रविन्द्र मिश्रको आग्रह

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले पूर्व राजाप्रति बढेको जनलहरलाई खिशी र व्यङ्ग नगर्न आग्रह गरेका छन् । शनिबार झापामा भएको पूर्वराजाको कार्यक्रमको एउटा भिडियो सामाजिक सञ्जाल एक्समा सेयर गर्दै मिश्रले यस्तो आग्रह गरेका हुन् ।
उनले आँट भए चुनावमा लड्न आऊ भन्ने दलहरुको चुनौतीे दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण भएको बताए ।
'यो जनलहर र आवेग आज नभए भोली, भोली नभए पर्सी बिस्फोट हुन्छ, हुन्छ', उनले भने । पहिले, पहिले भएका विस्फोटन जस्तै त्यो विस्फोटन पनि शान्तिपूर्ण नहुने उनको तर्क छ ।
मिश्रले २०४७ को संविधानमा टेकेर राजनीतिक दल, राजा र जनताबीच नवीन समझदारी हुनुपर्ने बताए ।
यो भन्दा बढी के हेर्ने रहर छ?
— Rabindra Mishra (@RabindraMishra) November 26, 2023
देशभरी बढ्दो रूपमा देखिन थालेको यस्ता दृष्यलाई अझै पनि दलका नेताहरूले खिसी/व्यङ्ग/अवमूल्यन गर्नु, "आँट भए चुनावमा लड्न आऊ" भनेर चुनौति दिनु, दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण हुनेछ।
नागरीक समाजका कतिपय अगुवा तथा सर्वसाधारणले मलाई तुच्छ गाली… pic.twitter.com/sakfw6rnEQ

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया