प्रहरीले अहेबलाई कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

विराटनगर : अस्पतालबाट घर फर्कँदै गरेका स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । कोशी अस्पतालमा कार्यरत सिनियर पाँचौं तहका अहेब अशोक राजवंशीलाई मंगलबार राति दुई जना प्रहरीले कुटपिट गरेको आरोप स्वास्थ्यकर्मीले लगाएका हुन् ।
अस्पतालको काम सकेर घर फर्कने क्रममा राति ९ बजे विराटनगरको देवकोटा चोकमा ती अहेबमाथि कुटपिट भएको हो । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेकोसमेत जनाइएको छ । कोभिड-१९का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरूले प्ले-कार्ड देखाएर विरोध गरेका छन् ।
नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमासमेत ध्यानाकर्षण गराएको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया