माधवकुमार नेपालले भने : अन्तिम 'मुड'मा छु
काठमाडौँ : सत्तारुढ नेकपा एमाले औपचारिक विभाजन उन्मुख देखिएको छ । पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका नेताबीच वार्ता चलिरहेको छ । यसैबेला नेता नेपालले नयाँ पार्टी खोल्न आफू तयारी अवस्थामा रहेको बताएका हुन् । ओलीले नेपालसहितका ११ जनालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि एमालेभित्रको विवाद चर्किँदो छ ।
नेता नेपालले आफूनिकट जनसंगठनको भर्चुअल भेलामा नयाँ पार्टी, नयाँ आन्दोलन विकास गर्नुको विकल्प नरहेको बताएका हुन् ।
‘आफू अन्तिम मुडमा पुगेको जानकारी नेता नेपालले आजको भेलामा गराउनु भयो,’ भेलामा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओली सुध्रिने, सच्चिने संकेत मिलेको छैन । उनले जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्छन् । तर, उनको विगत हेर्दा सम्झौता पालना गर्ने कुरा खण्डित हुने देखिन्छ । त्यसैले अब आन्दोलन विकास गर्नुको विकल्प छैन ।’

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया