शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

१८७९ किलोमिटर लामो एमालेको पदयात्रा सुरू (फोटो फिचर)

काठमाडौँ- नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झण्डाको झन्डोतलन गरी सुरू गरेका छन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको भने लगभग तीन साताको समयभित्र यसलाई पुरा गरिने जनाएको छ ।

जसअनुसार बैतडीको झुलाघाटबाट सुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।